दिपक राज दिर्घायु
अषाढ २२ मगंलबार,२०७८
बैतडी–बर्षले ७६ पुगेका मेलौली नगरपालीका–०१का गणेश दयाल आफ्नो पुरानो भाषा सस्कृतिलाई जोगाउन लागी परेका एक कबि हुन। बिःस २००२ साल फागुन १० गते जन्मेका दयाल आफ्नो सस्कृतिमा आधारीत बिभिन्ँन रचनाहरु लेख्नमा बढि रुचि राख्ने ब्यक्ति हुन।
आफुलाई होस् फर्केदेखि अहिले सम्म धेरै रचनाहरुलाई तयार पारिसकेका दयाल त्यति अगाडी त आउन सकेनन् । तर उनले आफ्नो जिवनभर गरेका हरेक कामहरु र उनले रचना गरेका हरेक सिर्जनाहरु निकै अब्बल र जिवन उपयोगी रहेका छन्।
३ कक्षामा पढाई गरिरहेका बेला १४ बर्षको उमेरमा उनको बिबहा भएको थियो। बिबहा पश्चातपनि आफ्नो पढाईलाई निरन्तरता दिईरहेका दयालले कक्षा ८ सम्म पढाई गरेका तिए।
कक्षा ८ सम्म पढाई गरेका दयाल एक गरिब घर परिवारका सधारण ब्यक्ति हुन। आफ्नो भाषा सस्कृति र रिति रिवाजलाई धेरै माया गर्ने दयाल सानै छादाबाट आफ्नो धर्म र सस्कृतिका बारेमा बिभिन्न ब्यक्तित्वहरुबाट ज्ञान लिने गर्दथे।
उनले आफ्नो जिवनभरि देखेका, भोगेका, चलिआएका बिभिन्न कुराहरु समेटि आफनो जिवनी बैतडीको तल्लो स्वराडका बिभिन्न धार्मिम स्थलहरुको बारेमा, हालको मेलौली नगरपालीका क्षेत्रमा बसोबास गर्ने हरेक जातीहरुका बशांवलीको बारेमा, कुन जाति काहाबाट आएर यहा बसेको हो, यस क्षेत्रमा हुने बिभिन्न मेला पर्बहरुको बारेमा, देउडा सस्कृति केहो, र सुदुरपश्चिममा बोलिने भाषा सस्कृतिमा आधारीत बास्तबिक बिश्लेषण गरिएको एक ‘बशांवली’ नामक पुस्तक पनि प्रकाशित गरेका छन्।
उनले प्रकाशन गरेको ‘बशांवली’ नामक पुस्तकमा हालको मेलौली नगरपालीका भरिका हरेक गाउका हरेक जाति कसरि यस क्षेत्रमा आएका हुन भनि पुर्ण रुपमा उल्लेख गरेका छन। उनले यस क्षेत्रमा बबोबास गर्ने हरेक जातिको बशांवलीको बारेमा थाहा पाउन २०२९ सालदेखि अध्यन सुरु गरि हालको मेलौली नगरपालीका नगर–प्रमुख कृष्ण सिह नायकका बुवा नैपल्या रुनुवा नायक, रगि नायक, हरिजत्त भट्ट, हरिजित भाट, तुला चन्दँ, भप्वा नायक र तिन आफ्ना बुवा घरका काका बुवाबाट बुझेर डाटा संकलन गरि २०६८ सालमा बशांवली नामक पुस्तक प्रकाशन गरेका थिए।
उनि एक सर्जक मात्रै नभएर एक ब्यपारि, समाजसेवि पनि हुन। उनले काणा बजारमा धेरै पहिले एक पसल खोलेका थिए। उनि यो क्षेत्रको दलित मुक्ति मोर्चाको सचिबमा रहेर पनि बिभिन्न समाजिक काम गरेका थिए। उनले कृतन पाटिको स्थापना, दयाल चौराईमा बिश्राम गर्ने, बिभिन्न सभा गोष्टि र कार्यक्रम गर्नको लागी चौतारो, आफ्नो देबताको मन्दिर निर्माण लगायतका थुप्रै समाजिक कामहरु गरेका छन।
आफ्नो भाषा सस्कृतिलाई औधि माया गर्ने दयालको बिभिन्न रचनाहरु सिर्जना गर्ने कलम अझैपनि रोकिएको छैन। आफ्नो प्राण रहुञ्जेल सम्म अझैपनि बिभिन्न देखेका र भोगेका कुराहरु समेटिएका रचना हरु गर्ने बताउनुहुन्छ।
पछिल्लो समयमा आउदै गरिरहदा आफ्नो धर्म रिति सस्कृति हराउदै गएको प्रति चिन्ता ब्यक्त गर्नुहुन्छ। अहिलेको परिबेशमा धेरै कुरा राम्रो भएतापनि पुरानो सस्कृति बोली चाली हराईसकेको बताउनुहुन्छ। पछिल्लो समयमा युवपिडिहरुले आफ्नो सस्कृति र बोली भाषाको ख्याल नगर्दा पुरानो चाल चलन हराउदै गएको भन्नु हुन्छ।
पुराना चालचलनहरुमा पनि केहि अन्धबिश्वास र कुरितिहरु छन तिनिहरुलाई अहिलेका युवापिडिले सुधार गर्नुपर्ने देखिएको बताउनुहुन्छ। आफ्नो सस्कृतिलाई जन्मदिने आमा सहर माया गर्नुपर्ने र यसको प्रचार प्रशार गरेर बिश्व सामु पुर्याउनको लागी सबैले पहल चाल्नुपर्ने बताउछन।
बिशेष गरेर आफ्नो सस्कृतिलाई जोगाउनको लागी बेलाबेलामा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने, देउडा गायक/गायिका, सर्जकलाई सम्मान गर्नुपर्ने, उनिहरुको मनोबल बढाईरहने, रेडियो, पत्रपत्रिका, टेलिभिजन जस्ता सञ्चारका माध्यमहरुमा प्रचार प्रसार गर्ने र यसको लागी स्थानिय तहहरुले सहयोग गर्यो भने हाम्रो भाषा सस्कृतिको सरक्षण हुने बताउनुहुन्छ