शर्माली गडीमा निर्माण गरिएको पदमार्ग शिवनाथ गाउँपालिकालाई हस्तान्तरण

रेडियो मेलौली
श्रावण ०४ सोमबार

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक शर्माली गडीमा नेपाली सेनाले निर्माण गरेको पदमार्ग गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गत आर्थीक वर्षमा हनुमानध्वज गुल्म बैतडीले १५ लाखको लगानीमा निर्माण गरेको उक्त पदमार्गको प्रतिमा सोमवार एक कार्यक्रममा बिच नेपाली सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभएको छ ।

२०७७ साल पुसबाट निर्माण शुरु भएको पदमार्ग निर्माणको काम गत बैशाखमा सम्पन्न भएको थियो। नेपाली सेनाले ऐतिहासिक तथा पुरात्वातिक क्षेत्रहरुको संरक्षणका लागी बिभिन्न कार्यहरु गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.