मेलौलीमा सिलाई कटाई सम्बन्धि तालीम सम्पन्न

दिपक राज दिर्घायु
श्रावण ०५ मगंलबार,२०७८

बैतडी–मेलौलीमा महिलाहरुलाई उद्यमि बनाउनका लागी सञ्चालन गरिएको सिलाई कटाई सम्बन्धि तालीम सम्पन्न भएको छ। मेलौली नगरपालीकाको आर्थिक सहयोगमा र गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट सञ्चालन गरिएको तालीम मगंलबार सम्पन्न गरिएको हो।

मेलौली नगरपालीका वडा न एक र वडा न सातमा सञ्चालन गरिएको तालीम ४८ दिनसम्म सञ्चालन गरिएको थियो।

महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी तालीम सञ्चालन गरिएको बरिष्ठ उद्यम बिकास सहजकर्ता सुरेन्द्र ओड्ले बताए। तालीम समापन गर्दै सहभागी महिलाहरुलाई सिलाई कटाईका लागि आवश्यक सामाग्री बितरण गरिएको जनाईएको छ।

तालीममा १६ जना सहभागी भएका थिए। तालीमबाट आफुहरुले सिलाई कटाई सम्बन्धि सिप सिक्न पाउदा आफुहरु खुसि भएको तालीममा सहभागी पशुपति ओझाई बताईन। तालीमका प्रशिक्षक कृष्ण ओड रहेका थिए।

Leave A Reply

Your email address will not be published.