विपी स्मृति दिवसको अवसरमा मेलौलीमा वृक्षारोपण

दिपक राज दिर्घायु
श्रावण ०६ बुधबार,२०७८

बैतडी–बिपी स्मृति दिवसको अवसरमा मेलौलीमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। मेलौली नगरपालीका भित्रका बिभिन्न सार्बजनिक ठाउहरुमा वृक्षारोपण गरि बिपी स्मृति दिवस मनाईएको नेपाली काग्रेस मेलौली कार्य समितिका सदस्य तथा बिश्व हिन्दु माहासघं मेलौलीका अध्यक्ष केशब सिह भाटले बताए।

मेलौली क्षेत्रमा रहेका मेलौली भगवती मन्दिर, मेलौली भगवती मन्दिरको मुल भण्डार हत्तरगा, उदयदेब मन्दिर, केशपुर प्राथिमिक स्वास्थ्य केन्द्र, द्धारीका देबि प्रतिष्ठान, काणा बजारमा रहेको शिबालय, मष्टामाण्डौ मन्दिर, बामुन बामुनी मन्दिर लगायतका बिभिन्न ठाउहरुमा वृक्षारोपण गरिएको उनले बताए।

वृक्षारोपणमा कपुर, धुपि सल्ला, लिप्टिस, मयुर पङ्कि लगायतका बोटबिरुवाहरु रोपिएको जनाईएको छ। वृक्षारोपण कार्यक्रमपछि अन्तरकृया कार्यक्रम पनि गरिएको थियो। अन्तरकृया कार्यक्रममा विपी कोइरालाको समाजवादलाई अनुसरण गरेर अघि बढनुपर्नेमा सबैले जोड दिएका थिए।

अन्तरकृया कार्यक्रमका सभापति नेपाली कांग्रेस मेलौली नगर कार्य समितिका सभापति नरेश सिह बिष्ट, प्रमुख अतिथि नेपाली कांग्रेस पाटि माहासमिति सदस्य तथा प्रदेश सभा सांसदका उम्मेदवार हरि मोहन भण्डारी, बिशिष्ट अतिथिमा नेपाली कांग्रेस पुर्ब माहासमिति सदस्य सुरेन्द्र बहादुर चन्दँ, मेलौली नगरपालीका नगर प्रमुख कृष्ण सिह नायक, नगर उप–प्रमुख कुमारी राधा ओझ, अतिथिमा शेरिराम पार्कि, नेपाल दलित सघं जिल्ला उपाध्यक्ष सुरत पार्क र नेबिसघं जिल्ला अध्यक्ष कपिल केसि लगायतका बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.