दिपक राज दिर्घायु
श्रावण ०८ शुक्रबार,२०७८
बैतडी–मेलौलीमा एक महिला मृत अवस्थामा फेला परेकि छिन। मेलौली नगरपालिका ७ काणा बजार नजिकै ल्वाथलीमा अन्दाजी ३०/३२ वर्षीय महिलाको शब फेला परेको ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीले जनाएको छ।
काणा बजार भन्दा १ सय मिटर तल बेवारीसे अवस्थामा शव फेला परेको जनाईएको छ। इलाका प्रहरी कार्यालय तस्वदेहीको टोली घनास्थलमा पुगीसकेको र जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि प्रहरीको टोली आईरहेको प्रहरीले जनाएको छ।
मृतक महिला को हुन र के कती कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।