नेपाल रेडक्रस सोसाइटीद्धारा स्वास्थ्य सामग्री बितरण

दिपक राज दिर्घायु
श्रावण १३ बुधबार,२०७८

बैतडी–नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाद्धारा सञ्चालीत पश्चिम विपद पुर्व तयारी परियोजनाले स्वास्थ्य सामग्री बितरण गरिएको छ। मेलौली नगरपालीका–०८ को कार्यालय र आधारभुत स्वास्थ्य सेवा केन्द्र कोटीगाउलाई स्वास्थ्य सामग्री बितरण गरिएको हो।

कोरोना भाईसरको सक्रमणलाई नियन्त्रण गर्नको लागी वडा कार्यालयलाई र आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री बितरण गरिएको पश्चिम विपद पुर्व तयारी परियोजना मेलौली-०८ का समाजिक परिचालक शम्भु सिहँ बिष्टले बताए।

वडा अध्यक्ष पदम सिह ठगुन्नालाई वडा कार्यालयमै स्वास्थ्य सामग्री हस्तातरण गरिएको समाजिक परिचालक बिष्टले बताए। सर्जिकल मास्क १० बक्स, सेनिटइजर ५ लिटर, क्लोरिन लिक्विड ५ लिटर र क्लोरिन स्प्रे पम्प १ थान हस्तातरण गरिएको उनले बताए।

यस्तै आधारभुत स्वास्थ्य सेवा केन्द्रका अहेब दिपक प्रशाद बागलाई सर्जिकल मास्क १० बक्स, सर्जिकल ग्लोब्स २ बक्स, सेनिटइजर ५ लिटर र क्लोरिन लिक्विड ५ लिटर हस्तातरण गरिएको उनले बताए।

Leave A Reply

Your email address will not be published.