बदेलले मकैबाली खाएपछि सकारका किसान चिन्तित

मंगेश दयाल बैतडी, साउन १८, २०७८

बैतडीको पाटन नगरपालिका १ मा बदेलले कृषकले लगाएको मकै बाली नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन्।पाटन – १ सकारका का विभिन्न स्थानमा लगाइएको मकै बाली जंगली जनावर बदेलले नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका हुन् ।

रातको समयमा बदेलले मकै बाली नष्ट गर्ने गरेको स्थानीय कृषक डम्बर भट्टराईले बताए । खेती नजिकै सामुदायिक वन रहेका छन्, जसका कारण जंगली जनावरको समेत बिगबिगी रहेको छ । बस्ती नजिकका जंगल कालापातल , गर्जल , ओल्स्या ,सलानी,तुर्सानी बाट आएर जंगली बँदेलले मकै नष्ट गर्ने गरेको उहाँले बताउनुभयो ।त्यस स्थानमा गत वर्ष पनि बदेलले आतङ्क मच्चाएको थियो ।‘कहिले काहि बदेलले गोरु, बाख्रा र कहिले मान्छेलाई नै आक्रमण गर्ने गर्छ’, कृषक भट्टराइले भने,  ‘यस वर्ष पनि बदेलले वर्षभरीको खेती स्याहार्ने बेला उत्पात मच्चाएको छ ।’

यसरी मकै बाली भित्र्याउने बेलामा बदेलले मकै सखाप पार्न थाले पछि कृषकहरु रातभर जागाराम बस्न बाध्य छन् ।केही दिनसम्म युवाहरुको समुह बनाएर रातको समयमा बदेललाई धपाउने र लखट्ने गरेको समेत अर्का किसान गणेश चन्दले बताए । तर पनि मकै बालीलाई बचाउन नसकिएको कृषक चन्दको भनाइ छ ।   अर्का कृषक खेम राज विक का अनुसार बदेलले मकै,आलु, ,भटमास सबै नष्ट पारेको बताए । जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरहरुले वर्षेनी बालीनालीमा क्षति पुर्याउने गरेकाले नागरिकहरुको कृषि पेशामा आर्कषण घट्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.