दिपक राज दिर्घायु
श्रावण २३ शनिबार,२०७८
बैतडी–नेकपा माओबादी केन्द्र मेलौली नगरपालीका–०९ को कार्यकर्ता तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ। भेलाबाट बल्देब भट्टको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन गरिएको छ।
२९ सदस्यीय वडा समितिको सचिवमा संजय सुनिलाई चयन गरिएको छ। यस्तै १० जना महिला र बाकि पुरुष रहेको नेकपा माओबादी केन्द्र बैतडीका जिल्ला सचिवालय सदस्य लोकमणि भट्टले बताए।