बैतडी-मेलौलीका गायक सुरेश परियारको राष्ट्रभक्ति गित “स्वर्ग जस्तो मेरो देश” सार्बजनीक भएको छ। सोमबार गायक परियारको आफ्नै अफिसियल युटुब च्यानल सुरेश परियारबाट भिडियो सहित सार्बजनीक भएको हो।
गितमा गायक परियारको आफ्नै स्वर तथा लय रहेको छ। भिडियोमा गायक परियार सगै अनिता दयाल, करुणा परियार र करिष्मा परियारको सुन्दर अभिनय रहेको छ। म्यूजिक प्लस रेकर्डिङ स्टुडियोमा चर्चित गायक गोपाल दयालले गितको रेकर्ड गरेका हुन।
गितलाई नारायण दंगालको एरेन्ज गरेका छन भने भिडियो सम्पादन, छायाकंन, निर्देशन मेलौली प्रोडक्सनका प्रबन्धक निर्देशक कबिराज सुनारले गरेको गायक परियारले बताएका छन। आफ्नो देश स्वर्गभन्दा पनि प्यारो रहेको गित मार्फत उल्लखे गरिएको छ।
राष्ट्रको महिमाका बारेमा बर्णन गरिएको गितको भिडियो मेलौली भगवती मन्दिर लगायत आसपासमा छायाकंन गरिएको छ। आफ्नो गाउ ठाउको प्रचार गर्ने उदेश्यले भिडियो स्थानीय गाउँ ठाउमा छायाकंन गरिएको गायक परियाले बताएका छन।
भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोस् ।