दिपक राज दिर्घायु
श्रावण २८ बिहीबार,२०७८
बैतडी–मेलौलीमा किशोर किशोरीहरुको बिकासका लागी रुपान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। किशोर किशोरीको समग्र बिकासमा लागी रुपान्तरण सम्बन्धि अभिभावकलाई तिनदिने तालीम सञ्चालन गरिएको हो।
युएनएफपिएको आर्थिक सहयोगमा र नेपाल रेडक्रस सोसाईटिको साझेदारिमा तालीम सञ्चालन गरिएको हो। तालीम मेलौली नगरपालीकाका तिनओटा वडामा सञ्चालन गरिने छ।
वडा न ४, वडा न ५ र वडा न ६ मा तालीम सञ्चालन गरिने तालीमकि सहजकर्ता रेजिना टेलरले बताए। बुधबार पहिलो दिन मेलौली नगरपालीका–०६ का अभिभावकहरुलाइ बोलाई तालीम सञ्चालन गरिएको छ।
तालीम सञ्चालन कार्यक्रमका सभापति वडा न ६ का वडा अध्यक्ष प्रमानन्द भट्ट, प्रमुख अतिथि मेलौली नगरपालीका नगर–प्रमुख कृष्ण सिह नायक र बिशिष्ट अतिथि नेपाल रेड्क्रस सोसाईटि बैतडी शाखाका सभापति भिमदत्त पाण्डेय रहेका छन।