मेलौलीका ४ वडामा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न

दिपक राज दिर्घायु
श्रावण २८ बिहीबार,२०७८

बैतडी–मेलौली नगरपालीकाका ४ ओटा वडामा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ। गत शनिबार मेलौली नगरपालीका–०९ को वडा भेला सम्पन्न भएको छ। भेलाबाट बल्देब भट्टको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन गरिएको हो।

२९ सदस्यीय वडा समितिको सचिवमा संजय सुनिलाई चयन गरिएको छ। यस्तै १० जना महिला र बाकि पुरुष रहेको नेकपा माओबादी केन्द्र बैतडीका जिल्ला सचिवालय सदस्य लोकमणि भट्टले बताए।

यसैगरि बुधबार मेलौली नगरपालीका–१ मा पनि नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र मेलौली नगर कमिटि अध्यक्ष धर्मसिह दयालको अध्यक्षतामा वडा भेला सम्पन्न भएको हो।

भेलाबाट २९ सदस्यीय समिति गठन गरिएको छ। समितिको अध्यक्षमा उत्तम चन्द अध्यक्ष भएका छन। सचिवमा मनोज परियारलाई चयन गरिएको छ।

वडा भेला कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सचिवालय सदस्य भिम बहादुर चन्द, बिशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सचिवालय सदस्य लोकमणि भट्ट, अतिथिमा भवानि सिह नायक, बिरसिह नायक, शिबराज दयाल, गजेन्द्र दयाल लगायतको सहभागिता रहेका थियो।

यसैगरि मेलौली नगरपालीका–०६ को पनि वडा भेला सम्पन्न भएको छ। भेलाबाट ३५ जनाको सदस्यीय समिति गठन गरिएको छ। समितिको अध्यक्षमा शकंर पोखरेल र सचिवमा तारा दत्त भट्ट चयन भएका छन।

यसैगरि मेलौली नगरपालीका–०२ को पनि वडा भेला सम्पन्न भएको छ। भेलाबाट २९ जनाको सदस्यीय समिति गठन गरिएको छ। समितिको अध्यक्षमा खेमरान भट्ट र सचिवमा किशोर भट्टलाई चयन गरिएको छ

नेकपा माओवादी केन्द्रको वडा भेलाहरुबाट पाटिलाई सहि मार्गमा लैजाने, पाटिका निरन्तर कार्यक्रमहरु केन्द्रको आदेश अनुसार सञ्चालन गर्ने, पिछडिएका बर्गहरुको हक हितका लागी प्रकृया अगाडी बढाउने निणर्य गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.