मेलौली न्यूज
श्रावण २८ बिहीबार,२०७८
बैतडी–बैतडीको पाटन नगरपालिका–०१ का वडा सदस्य राधी लुहारको निधन भएको छ । उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज गरिएपछि ४७ वर्षीय वडा सदस्य लुहारको निधन भएको वडाअध्यक्ष गाणेशदत्त भट्टराईले जानकारी दिनुभयो।
भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज गरी कञ्चनपुर स्थित आफन्तको घरमा ल्याउदै गर्दा झलारीमा मृत्यु भएको जनार्ईएको छ। वडा सदस्यको निधन भए पश्चात नगरपालिकाले पनि शोक बक्तब्य जारी गरेको छ। नगर प्रबक्ता लोक बहादुर भण्डारीद्धारा हस्ताक्षरीत बिज्ञप्ती मार्फत सोकाकुल परिवारजनप्रती समबेदना प्रकट गरिएको छ।
मृतक लुहार नेकपा मावबादी केन्द्रबाट वडा सदस्यमा निर्वाचीन हुन् ।