सोर्नाया नदि तर्ने क्रममा डडेल्धुराको भागेश्वरका एकजना बेपत्ता

दिपक राज दिर्घायु
भाद्र ०४ शुक्रबार,२०७८

बैतडी–बैतडी र डडेल्धुराको बिचमा पर्ने सोर्नाया नदि तर्ने क्रममा एकजना बेपत्ता भएका छन। बैतडीको शिबनाथ गाउपालीका–४ बारु पुख्यौली घर भएका र हाल डडेल्धुराको भागेश्वर गाउपालीका–३ जैतेखुल्ला बसोबास गर्दै आएका ४२ बर्षिया राम सिह साउद बेपत्ता भएका हुन।

घर निमार्णको समान लग्न शिबनाथ गाउपालीका ०४ कोपरे आएका साउद बिहीबार साझ ६ बजे कोपरे नजिकैको सोर्नाया नदि तर्ने क्रममा बेप्पता भएको कुस्माउत घाट प्रहरी चौकिले जनाएको छ।

नदिको बगरमा बाख्रा चराउन गएका साना बालबालीकाहरुले नदि तर्दै गर्दा बगेको देखेपछि स्थानियहरुलाई खबर गरेको थिए। बेपत्ता साउदको खोजिकार्य भईरहेको कुस्माउत घाट प्रहरी चौकिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.