मेलौली न्यूज
भाद्र ०७ सोमबार,२०७८
आदरणीय न्यायप्रेमी
जनसमुदाय, बुद्धिजीवी, राजनैतिक बिश्लेषक, कर्मचारी, देशभक्त, समाजसेवी, मजदुर, किसान, युवा, विद्यार्थी, महिला, दलित तथा पीडित उत्पीडित सम्पुर्ण महानुभावहरुमा क्रान्तिकारी लाल अभिबादन ।
यतिबेला नेपालको फोहोरी राजनीति, दलाल पुजिबादी संसदीय ब्यबस्था र शासकहरुको गलत व्यबहारका कारण सम्पुर्ण नेपाली सर्बहारा बर्ग निराशा एबंम संकटको अबस्थामा छटपटाइ रहेका छन्। बिगत दुई बर्ष देखि बिश्वब्यापी महामारी कोरोना र प्राकृतिक प्रकोप बाढी, पहिरो, भुकम्पले अप्रत्याशित घटना घटाइ हजारौंको ज्यान र लाखौंको हिसाबले जन धनको क्षति गराउदै आइरहेको छ। त्यसै माथि लकडाउन बन्दाबन्दीले काकाकुल बनायो। यस्तो संकट तथा चुनौती सित गुज्रिरहेको जनताहरु लाई अघिल्लो चुनावमा ुसुखी नेपाली समृद्ध नेपाल,गाउगाउमा सिंहदरबारु भन्ने दुई तिहाईको के पि,प्रचण्ड,माधबहरुको सरकार ले राहत,उद्दार,स्वाथ्योपचार,अलपत्र तथा बिदेशी भुमी, सिमा नाका, सहर, राजधानी तिर समस्यामा परेका हरुलाई ब्यबस्थापन गर्नुको सट्टा पटकपटक असफल सिद्ध भइसकेको संसदीय ब्यबस्थाको खेलमा सत्ता लुछाचुडीको खेलमै मस्त रहे। कमिसन लिइरहे,भ्रष्टाचार गरिरहे,तस्कर माफियाहरु लाई बचाउदै गए,अर्थतन्त्र लाई संकटमा पार्दै गए। भगबन्डा, पद, कुर्सी, कमिसनको साँटगाँठ नमिल्दा दुई तिहाईको सरकार साढे तीन बर्ष नपुग्दै ढल्ने अबस्थामा पुग्यो। आफ्नो संसदबादी जिबनरक्षाका लागि साम्राज्यबादी शक्तिहरु संग हार गुहार गर्न पुगे र आन्तरिक र बाह्य चलखेल हुँदै गर्दा जनताले ५ बर्षका लागि दिएको जनादेश म्यानडेट दुई तिहाई सरकारले बुट कुल्चेर जनताको मत लाई चिहान मै सेलाइ दियो।
आफै ले हानेको बन्चरो आफ्नै घुँडाको पासो भनेझै आफुहरुको संबिधान सर्बोच्च अदालतले घिसार्दै दुई तिहाई सरकारलाई सत्ता बाहिर पठाइ दियो। कागको मुखबाट कति बेला चोक्टा झर्ला र खाउला भनेर र्याल चुहाउदै बसेको स्याल झै प्रतिपक्षीको भुमिकामा रहेको कांग्रेसलाई सर्बोच्च अदालतले यो घिनलाग्दो ब्यबस्था लाई बचाउन केही समयका लागि ठेक्का दियो। तर ब्यबस्था नै गलत भएर होला मन्त्रीहरुको मोलमोलाइमा चाजोपाजो नमिल्नाले महिनौ दिन बितिसक्दा पनि देउबा सरकारले देश र जनताको बारेमा त कुरै छोडौँ, मन्त्री मन्डल समेत गठन गर्न सकेन। दुई वटा चर्चा मै रहेका नेकपा माओवादी र नेकपा एमाले मिलेर बनेको गठजोडको दुई तिहाई सरकार त तुहिएर गयो भने देउबा जि क कसलाई किनेर यो ब्यबस्था लाई जनता माझ सहि हो भन्न सक्थे र? यो ब्यबस्था भित्र छिर्ने जो कोहि पार्टी पनि हर बिजोग हुँदै पतन कोबाटोमा पुगेको र जनताको नजरबाट गिरेको इतिहास साच्ची छ र बाकी पुष्टि हुँदै आइरहेको छ।
त्यसैले बिगत लामो समय देखि संसदीय ब्यबस्था हुनु र रहनु शोशक,सामन्ती र पूँजिपतीहरुको अनुकूल हुनु हो। संसदबादी दलहरुले मुखले समाजबादको नारा लगाए पनि ब्यबस्था पुरै पुँजिबाद तिर ढल्किएको प्रष्ट देख्न सकिन्छ। देश र जनताको लागि गर्छौ भन्नेहरु आफ्नो र आफ्ना कार्यकर्ताहरुको लागि गर्दै आएको देखिनाले यो संसदीय ब्यबस्थामा काङ्ग्रेसको सरकार होस् या माओवादीको सरकार होस् या एमाले हरुको सरकार होस् या अरु कुनै दल हरुको सरकार नै किन नहोस् ,,जनतालाई भने कागलाइ बेल पाक्यो हर्ष न बिस्मातु भने झै साबित गराइ दियो। जनतामा मात्रै अशान्ति, अस्थिर, महंगी, माफिया, तस्कर, भ्रष्टाचार, कालोबजारी, कमिसन, बेरोजगार, हत्याहिंसा, बलात्कार, राष्ट्रघात, जनघात आदि समस्याको आभास र पिडाबोध गरायो।
फेरि पनि विभिन्न प्रपन्च बनाइ यहि ब्यबस्था न अघाएर नेपाल र नेपाली जनताहरु लाई थप संकट तिर धकेल्न संसदबादी दलहरु आउने चुनावी निर्बाचन को ढोल बजाउदै,चिल्ला मिठा,गीत,भाषण,उखान,कविता,नारा लिएर तपाईं हरुको आँखामा छारो हाल्न घर दैलोमा कुकुर झै डुल्न आउदै छन्।
त्यसैले न्यायप्रेमी जनसमुदायहरु तपाई हरुलाई थाहै छ राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वतन्त्रता, सार्बभौमसत्ता, देशको भबिष्य, पीडित, उत्पीडित बर्गको न्याय र मुक्तिको निमित्त हजारौं हजार नेपाली आमा सपूतहरु सहिद भएका छन्घा। घाइते तथा बेपत्ता भएका छन्,जेल तथा हिरासतमा छन् भने कयौं आमूल रुपान्तरण को निम्ति संघर्ष को मोर्चा मै छन्१ यी सबै ब्यक्तित्व हरुको सपना साकार पार्न,देश र जनताको भबिष्य सुनिश्चित गर्न दलाल पुजीवादी राज्य सत्ता को ठाउमा बैज्ञानिक समाजबाद र संसदीय ब्यबस्थाको ठाँउमा जनमतसंग्रह भएकोले कमरेड नेत्र बिक्रम चन्द बिप्लबले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तीको कार्यदिशामा पूर्ण प्रतिबद्ध रहि कथित संसदीय निर्बाचन खारेज गरौं। श्रंङ्खलाबद्रूद्ध पमा असफल र संकटमा ओझेल पर्दै गरेको दलाल संसदीय ब्यबस्था लाई हटाएर जनता लाई आफ्नो ब्यबस्था बारे फैसला गर्ने अधिकार सहित जनमतसंग्रहमा जान् आम सबैमा आव्हान गरौं । राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको पक्षमा उभिएर क्रान्ति गर्नु आम नेपालीका लागि अनिवार्य छ। राज्यले दमन, धरपकड, गिरफ्तार, युद्ध गरेपनी पार्टीले संयमित भइ काउन्टर गर्ने छ किनकि हामीले युद्ध होइनौं क्रान्ति खोजेका छौँ। धन्यबाद !
✍️सुरेन्द्र धानुक
अनेरास्ववियु {क्रान्तिकारी} जिल्ला अध्यक्ष बैतडी