नेकपा एमाले मेलौली–०५ को कार्यकर्ता भेला सम्पन्न

दिपक राज दिर्घायु
भाद्र १५ मगंलबार,२०७८

बैतडी–नेकपा एमाले मेलौली नगरपालीका–०५ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेकपा एमाले मेलौली नगर कमिटिका सदस्य लक्ष्मी दत्त जोशिको अध्यक्षतामा, नेकपा एमाले मेलौली नगर कमिटि ईन्चार्ज जगदिश सिह नायकको प्रमुख आतिथ्यमा र नेकपा एमाले मेलौली नगर कमिटि अध्यक्ष एबंम जिल्ला कमिटि सदस्य बलभद्र दयालको बिशिष्ट आतिथ्यमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएका हो।

कार्यकर्ता भेलाबाट यहि भाद्र २५ गते भित्र नेकपा एमाले टोल कमिटि गरिसक्ने, पाटिको सदस्यता नबिकरण गरिसक्नु पर्ने निणर्य गरिएको मुक्ति समाजका केन्द्रिय सदस्य दयालले बताए।

अगुवा कार्यकर्ता भेलाबाट आजै जनबर्गिय संगठनहरुको वडा स्तरिय सगंठन, नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपाल, युवा सघं, अखिल नेपाल महिला सघं, अखिल नेपाल किसान सघं र अधिबेशन आयोजक कमिटि पनि गठन गरिएको उनले बताए।

साथै कार्यक्रममा नेकपा एमाले पुर्ब बैतडी जिल्ला कमिटि सचिब आनन्द देब भट्टको निधन प्रति शोक प्रस्ताव पारित गरिएको मुक्ति समाजका केन्द्रिय सदस्य दयालले बताए।

Leave A Reply

Your email address will not be published.