रहेनन् अब व्यवसायी रुक्मशमशेर राणा

मेलौली न्यूज
भाद्र २६ शनिबार,२०७८

व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । काठमाडौंको बत्तिसपुतलि स्थित निवासमा राणाको ८५ वर्षको उमेरमा आज निधन भएको हो । मिर्गौला प्रत्यारोपण पछि उहँ नियमित डाइलाइसिस गरिरहनु भएकोे थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नु भएको थियो । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुनुहुन्छ ।

राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्य सचिवको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ । उहाँ राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौं र १३औं सदस्य सचिव हुनुभएको थियो । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिनु भएका राणा हाल ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष हुनुहुन्छ । उहाँको भोली दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.