प्रेस काउन्सिल नेपालद्धारा समावेशी पत्रकारिता पुरस्कार ताम्राकारलाई

दिपक राज दिर्घायु
भाद्र ३० बुधबार,२०७८

डडेल्धुरा–प्रेस काउन्सिल नेपालले यस बर्षको समावेशी पत्रकारिता पुरस्कार डडेल्धुराका करन ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको छ। समावेशी, सिमान्तकृत तथा दलित समुदायको क्षेत्रमा कलम चलाउदै आएका ताम्राकारलाई प्रेस काउन्सिल नेपालले आफ्नो हरेक बार्षिकोत्सबमा प्रदान गर्दै आईरहेको समावेशी पत्रकारिता पुरस्कार दिने निर्णया गरेको हो।

डेढ दशक देखि पत्रकारिता क्षेत्रमा आबद्ध ताम्राकार नयाँ पत्रिका डडेल्धुराका र रासस डडेल्धुराका समाचारदाता, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा खुलासा न्यूज डडेल्धुराका सम्पादक एवम पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश निवर्तमान सचिव हुन।

यसरि आफु पत्रकारीताको कर्म गर्दै जादाखेरि सम्मानित हुन पाउदा साह्रै खुसि भएको ताम्राकार बताउछन। आफुले गरेको पत्रकारीताको उचित मुल्याङन गरि समावेशी पत्रकारिता पुरस्कार गरेकोमा प्रेस काउन्सिल नेपाललाई धन्यबाद ज्ञापन गरेका छन।

Leave A Reply

Your email address will not be published.