नेपाल रेडक्रस सोसाइटीद्धारा टीसर्ट र टोपी बितरण

दिपक राज दिर्घायु
असोज ०५ मगंलबार,२०७८

बैतडी– नेपाल रेडक्रस सोसाइटी पश्चिम विपद पुर्व तयारी परियोजना बैतडीले टीसर्ट र टोपी बितरण गरेको छ। मेलौली नगरपालीका–०८ कोटिगाउमा रहेका आफ्ना तिन समुहलाई रेडक्रस चिन्हँ अङ्कित टीसर्ट र टोपी बितरण गरेको समाजिक परिचालक शम्भु सिह बिष्टले बताए।

मेलौली नगरपालिका–०८ गाउँ टोलको कमलपुर सामुदायिक विपद तथा जलवायु उत्थानशील समिती, गैरी टोलको निलपाल सामुदायिक विपद तथा जलवायु उत्थानशील समिती र नयाँ टोलको गंगेश्वर सामुदायिक विपद तथा जलवायु उत्थानशील समितीका सम्पूर्ण पदाधिकारी सदस्य, सामाजिक परिचालक, सामुदायिक स्वयंसेवक र सल्लाहकार समितिका सदस्यहरुलाइ रेडक्रस चिन्ह अङ्कित टीसर्ट र टोपी बितरण गरिएको बिष्टले बताए।

Leave A Reply

Your email address will not be published.