बैतडीको मेलौली नगरपालिका –१का वडा सदस्य चन्दको मृत्यु

मेलौली न्युज २२ असोज २०७८

बैतडीको मेलौली नगरपालिका वडा नं १ का महिला वडा सदस्य द्रोपती चन्दको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका चन्दको उपचारको क्रममा शुक्रबार दिउँसो महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता एवम् बडा न १ का वडा अध्यक्ष सुरत सिंह नेगीले बताए ।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ बाट नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् । अन्दाजी ५५ बर्षीय चन्दको मुटु सम्बन्धि समस्या रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.