साउने संक्रान्ती हरियो चुरा पोते र धार्मिक महत्व

श्रावण अर्थात साउन महिनाको पहिलो दिनलाई हिन्दु धर्म अनुसार “साउने संक्रान्ति” भन्ने गरिन्छ ।साउने संक्रान्ति हिन्दु धर्मालम्बीहरुले हरेक ठाउँ, क्षेत्र, अनुसार आफ्नै फरक बिधि, शैली र तरिकाहरुले मनाउने गरेको पाइन्छ ।
धार्मिक महिनाका रूपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ।
साउने सक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको संस्कृतिका जानकारहरु बताउँछन ।
साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्।”
शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ। आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रही आएको छ।

हरियो वस्त्र र हरियो चुरा
हरियो रंग सकारात्मक सोंचको प्रतिक मानिन्छ । हरियो प्राकृतिक जंगल होस वा अन्य हरियो दुबो सबैले उर्जा, शितलता तथा शान्ति प्रदान गरेको महसुस हुन्छ ।
विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो भने हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।
साउनको महिनामा बिबाहित वा अबिबाहित महिलाहरुले हातमा हरियो चुरा लगाउने साथै हरियो रंगको कपडा लगाउने र हातमा महेन्दीको मनमोहक शृंगार गर्ने गर्दछन ।
हिन्दु धर्ममा हामि महिलाले हरियो चुरा—पोते, हरियो कपडा र मेहन्दी लगाएमा बुध ग्रह प्रशन्न भई घरमा समृद्धि र शुभ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।हरियो रंगलाई श्रावण महिनामा प्राथमिकता दिन्छन ।बुध ग्रह हरियो रंगले खुशी हुने भएकाले महिलाहरुले हरियो चुरा र कपडा धारण गर्दछन । जसले गर्दा अध्ययन र व्यापारिक कामको सफलता प्राप्त हुने पनि मान्यता रहेको छ। हरियो रंग बुध ग्रहको प्रतीकको रुपमा लिइन्छ। हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।
साउन महिनामा अधिकांश महिलाहरु व्रत बस्ने, महिना भरी माछामासु, लसुन प्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते, महेन्दी लगाउँछन । पछिल्लो समय पुरुष पनि व्रत बस्ने गरेका छन। अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने महिलाहरु हरियो वस्त्र नै प्रयोग गर्ने गरेका छन ।
हाम्रो हिन्दु संस्कृतिमा विभिन्न रंगका चुरा लगाउनुको आफ्नै बेग्लै मान्यता रहेको छ
१ -रातो रंगले ऊर्जा र समृद्धिलाई संकेत गर्दछ ।
२- हरियो रंगले राम्रो भाग्य, सुखशान्ति, समृद्धि र प्रजनता ।
३- पहेलोले खुशियाली ल्याउँछ ।
४- सेतोले नँया कामको शरुवात गर्ने तर्फ प्रेरित गर्दछ ।
५ -सुन्तला रंगले सफलता तिर इंगित गर्दछ ।
६- चाँदी रंगले शान्ति वाशक्ति प्रदान गर्ने संकेत गर्दछन ।
७ -सुनौलो रंगले भाग्य र समृद्धिलाई जनाउछ ।

सामाजिक जन बिश्वास र महत्व

हिन्दू भक्तहरूले श्रावण संक्रान्तिमा सूर्य मकर राशिको प्रवेश गर्दछ। श्रावण महिनामा, भगवान शिवको पूजा गर्दा शुभ फल प्राप्त हुने साथै मनोकामना पूर्ण हुने बिश्वास रहेको छ ।यस महिनाको अवधिमा शिव महापुराण र शिव महिमाहरू दैनिक रुपमा पढ्ने र श्रबण गर्ने गरिन्छ।धार्मिक मान्यता अनुसार दूध, गंगा जल, बेलपत्र, फलफूल आदिबाट शिवलिंगको पूजा गर्नुपर्दछ ।
नेपाली संस्कृति वा परम्परा अनुसार साउन महिना शुद्ध, सफा रहने महिना हो।नेपालीहरूले आफ्नो घर वरिपरिका पूर्ण रुपमा सर—सफाई गर्ने, घर शुद्द गर्नेगर्छौ। गौरीको उपवास र पूजा गरेमा महिलाको विवाह र बच्चाको लागि भाग्योद्द्य हुने जन बिश्वास रहेको छ ।
यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल भगवानमा चढाउने प्रचन रहेको छ । कुनै अनिकाल वा प्राकृतिक बिपत्ति नआओस भनेर पुजा समेत गरिन्छ। कतिपय औषधिजन्य बनस्पति जस्तै बेल पात,पिपल पातलाई घरमा सजाउने गरिन्छ । साउन बर्षाको महिना र यो समयमा दुषित पानीको कारण हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस भनेर कामना गरिन्छ ।
ज्योतिष विज्ञानको मान्यता
पबित्र साउन महिनामा ज्योतिष बिज्ञान अनुसार सौर्य मण्डलको चक्र घुम्दै सुर्य कर्कट राशिमा प्रवेश गर्दछ ।त्यसकारण पनि यो पहिलो दिन लाई ूकर्कट संक्रान्ति पनि भनिन्छ ।साउन कै पहिलो दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ ।सूर्यको कर्कट राशि साउने संक्रान्ति र मकर राशि माघे संक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मान्ने गरिएको छ ।

  धार्मिक मान्यता
यस पबित्र महिनामा नदि, कुण्ड, तलाउमा गएर स्नान गर्ने, होम पाठ गर्ने, श्रद्धा, दान गर्ने जस्ता काम गर्नु लाभदायक हुने विश्वास छ । साउनको पहिलो दिनदेखि नै सौभाग्यको प्रतिक र हरियो वस्त्र पहिरिने गर्दछन । भगवान शिवको पूजा आराधना गर्ने चलन छ।
उपवास एवं ब्रत बस्ने, मासुजन्य एवं तामासी भोजन त्याग गरेर शुद्द साकाहारी भोजन मात्र खाने गर्दछन। यो महिनामा दुधजन्य पदार्थ खाने र खिर खाने गरिन्छ ।शरीरलाई शुद्ध गरेर मनलाई शान्ति, भक्ति–भजनमा लगाइन्छ ।यो महिनालाइ भाग्योद्धयको महिनाको रुपमा समेत लीने गरेको पाइन्छ ।

Leave A Reply

Your email address will not be published.