आज विश्व खाद्य दिवस

मेलौली न्यूज
असोज ३० शनिबार,२०७८

अ खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ।

खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो ।

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौं रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात हुने गरेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई विश्वभर अहिले २१ औँ शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै कारण विश्वका धेरै जसो ठाउँमा रहेको रैथाने अन्नबालीसमेत हराउँदै गएको छ ।

Leave A Reply

Your email address will not be published.