आज १२ बजेदेखि ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुने

धनगढी– आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ ।

 

गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

गत सोमवार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो ।

 

करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको थियो । धेरै प्रयासपछी सोमवार मात्रै एकतर्फी सडक खुलाइएको थियो ।

Leave A Reply

Your email address will not be published.