कञ्चनपुरमा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक हात्ती मरेको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्ती मरेको वडा अध्यक्ष प्रताप धामीले बताए ।

राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मरेको भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.