बैतडी । मेलौली नगरपालिका भित्रका सम्पूर्ण बिद्यालयलाई बिद्यार्थीको विवरण बुझाउन मेलौली नगरपालिकाको आग्रह गरेको छ। नगरपालिकाले बिहीबार एक सुचना जारी गर्दै विवरण बुझाउन आग्रह गरेको हो।
शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीको निर्देशन अनुसार बिद्यालयमा भर्ना भई बिचैमा कक्षा छोड्ने, कक्षा दोहर्याउने र बिद्यालय बाहिर रहेका बिद्यार्थीको विवरण बुझाउन आग्रह गरिएको छ। भाद्र ४ गतेसम्म हार्डकपि र सफ्टकपि शिक्षा युवा तथा खेलकुद शाखामा बुझाउन नगरपालिकाले आग्रह गरेको छ।