बैतडी । शिबनाथ गाँउपालिकाले ८० प्रतिशत अनुदानमा बर्खे फलफुलका विरुवा वितरण गर्ने भएको छ। गाँउपालिकाले ८० प्रतिशत अनुदानमा बर्खे फलफुलका विरुवा वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए।
कृषि बिकास शाखाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बर्खे फलफुलका विरुवा वितरण गर्ने जनाईएको छ। २० ओटा बोटबिरुवा भन्दा माथि लगाउने ब्यक्ति, समुह र फर्महरुले सम्पर्क गर्न आग्रह गरिएको छ।
सुन्तला, मौसमी, कागती र अनार गरि ५० ओटा बोटविरुवा २० प्रतिशत बाफत तिर्नु पर्ने रकम १० रुपैयामा लग्न आग्रह गरिएको छ। सेवा लिनेले निबेदन, नागरिकताको फोटोकपि, समुह/फर्म भएमा संस्था दर्ता प्रमाणपत्रको नविकरण भएको प्रतिलिपि कृषि बिकास शाखामा बुझाउन आग्रह गरिएको छ।