मेलौलीमा नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत अन्तरक्रिया सम्पन्न

नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत मेलौली नगरपालिकास्तरीय अन्तरक्रिया बिहीबार सम्पन्न भएको छ। नेपाली कांग्रेस मेलौली नगरपालिकाका सभापति परमानन्द भट्टको अध्यक्षतामा भएको अन्तरक्रियामा केन्द्रीय प्रतिनिधि बहादुरसिंह थापा प्रमुख अतिथी रहेका थिए।

यस्तै अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्ट, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। अन्तरक्रियामा पार्टीको आन्तरिक गतिविधि, पार्टी संगठन विस्तार, विधान अनुसारका समिति गठनका बिषयमा छलफल भएको नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले बताए।

पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनका लागि बिशेष आन्तरिक अभियान सञ्चालन भइरहेको बताउँदै केन्द्रीय प्रतिनिधि थापाले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे। पार्टीको संगठन बलियो बनाउने गरेर काम गर्न उनले नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

यस्तै कार्यक्रममा बोल्दै कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्टले बिशेष आन्तरिक अभियानले पार्टीलाई बलियो बनाउन सहयोग गर्ने बताए। पार्टीका संगठनहरुलाई चलायमान बनाउन अभियानले भूमिका खेल्ने उनले बताए।

मेलौलीमा आयोजित अन्तरक्रियामा पार्टीका नगर समितिका पदाधिकारी र सदस्य, टोल समितिका पदाधिकारी र सदस्य, वडा समितिका पदाधिकारी र सदस्य, भातृ तथा शुभेच्छु संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.