सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। आज ओल्के पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गरिन्छ। यस पर्वमा आफन्त तथा इष्टमित्रलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन छ। यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमा समेत मनाउने गर्दछन्।
आजकै दिन गाउँ उच्चो टाकुरामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ ।
यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ।