गायिका जोशीको तीज गीत “मेरो लागि मर्ने केटो” सार्वजनिक

बैतडी । चर्चित लोक तथा देउडा गायिका रेखा जोशीको तीज गीत सार्वजनिक भएको छ। गायक भागिरथ चलाउने सँगको सहकार्यमा ‘मेरो लागि मर्ने केटो’ तीज गित सार्वजनीक भएको हो।

गीतमा रेखा जोशी र भागिरथ चलाउनेको स्वर रहेको छ। विनोद बाजुरालीले एरेन्ज गरेको गितको शब्द एवं संगीत गायक चलाउनेको रहेको जनाईएको छ।

भिडियोमा जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशन छ। गायक भागिरथ चलाउने र करिश्मा ढकालको अभिनय रहेको गितमा गायिका जोशीलाई देख्न सकिन्छ। नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन।

Leave A Reply

Your email address will not be published.