बैतडी । पछिल्लो समय देउडा गित संगितमा एकछत्र राज गरिरहेका देउडा गायक सेरी औजीको आवाजमा नयाँ देउडा गित सार्वजनीक भएको छ। शनिबार सम्झना म्यूजिक फिल्मस् युटुवबाट गायक औजी र नव गायिका पार्वती ओड्को आवाजमा गित भिडियो सहित सार्वजनीक भएको हो।
चर्चित लोक तथा देउडा गायक एंब देउडा सर्जक भानुभक्त जोशी र गायक औजीको लय तथा रमेश धामि मायालुको म्यूजिकमा गित सार्वजनीक भएको छ। मधुवाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको एरेन्ज दिपक संगम बिसिको रहेको गायक औजीले बताए।
भिडियोमा नरेश कुमार र एसोधा अधिकारीले सुन्दर अभिनय गरेका छन। भिडियोलाई कमल थापा बिवेकको निर्देशन तथा एडिट गरेका हुन। गितलाई राजु बिष्ट र कमल थापा बिवेकले खिचेका हुन भने गायिका ओड्को प्रस्तुती रहेको जनाईएको छ।
गत बिगतका गितहरु जस्तै यो गितलाई पनि माया गरिदिन गायक औजीले अनुरोध गरेका छन।