कांग्रेसको विषेश आन्तरीक अभियान बैतडीमा जारी

बैतडी -नेपाली कांग्रेको पालिका स्तरीय विषेश आन्तरीक अभियान बैतडीमा जारी रहेको छ । अभियान अन्तरगत शनिबार जिल्लाको पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा कार्यक्रम गरिएको छ ।

आज दुवै पालिकामा बैठक बसि पुराना समितिमा आवद्ध व्यक्तिहरुको अभिलेख राख्ने बिषयमा छलफल भएको छ ।

वि.स.२०४८ साल यता पार्टीको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु र निर्वाचित सबैको विवरण राख्ने निर्णय गरिएको छ। नेता कार्यकर्ताहरुको वायोडाटा बनाउने, वडा र पालिकाहरुका फेसबुक पेज खोल्ने लगायतका बिषयमा छलफल भएको कार्यवाहक सभापती बिरबहादुर बिष्टले बताए ।

पार्टीको आन्तरीक बिशेष अभियान अन्तरगत यतिबेला पालिका र वडाहरुमा तिव्र रुपले कार्यक्रमहरु भैरहेकाछन् ।

Leave A Reply

Your email address will not be published.