बैतडी । मेलौली नगरपालिका-०१ मा प्रहरी र जनप्रतिनिधिको सक्रियतामा अबैध गाँजा खेती नष्ट गरिएको छ। मंगलबार ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीबाट खटिएको प्रहरीको टोली र वडाका जनप्रतिनिधिहरुको सक्रियतामा अबैध गाँजा खेती नष्ट गरिएको वडा अध्यक्ष शरद सिह नेगीले बताए।
वडा अन्तर्गत १३० घर अगाडी पछाडी बिभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको वडा अध्यक्ष नेगीले बताए। सरकारले गाजा खेतीलाई अबैधानीक रुपमा लिएका हुनाले नष्ट गरिएको उनले बताए।