बैतडी । बरिष्ठ एवं चर्चित देउडा गायक महेश कुमार औजी डेउडा रत्न पुरस्कारबाट पुरस्कृत भएका छन्। सोमबार काठमाण्डौको प्रज्ञा भवन कमलादिमा आयोजित कार्यक्रममा उनि नगद सहित हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित भएका हुन्।
हिमाल डेन्टल अस्पतालले दिदै आएको हिमाल देउडा रत्न पुरस्कार यस वर्ष गायक औजीले पाएका हुन्। १ लाख २५ हजार १ सय ५१ राशिको हिमाल देउडा रत्न पुरस्कार २०८० बाट उनि सम्मानित भएका हुन्। काठमाण्डौको प्रज्ञा भवन कमलादिमा अयोजित देउडा साँझ कार्यक्रमा बष्ठि देउडा गायक औजी पुरस्कृत भएका हुन्।
हिमाल डेन्टल हस्पीटलका अध्यक्ष डा राजेन्द्र भट्टको उपस्थितिमा पूर्व प्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द र केपी शर्मा ओलीबाट आफुले पुरस्कार ग्रहण गरेको गायक औजीले बताए। लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित औजीको योगदानको कदर गर्दै नगरद सहित पुरस्कृत गरिएको अस्पतालका अध्यक्ष डा राजेन्द्र भट्टले बताए।
प्रत्येक वर्ष हिमाल डेन्टल अस्पतालले देउडा गायक तथा सर्जकहरुलाई हिमाल देउडा रत्न पुरस्कार दिदै आएको छ। यस अघि देउडा गायक अन्तराम विष्ट पनि नगद सहित हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित भएका थिए। हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित हुँदा खुसि लगोको उनले बताए। गायक औजीले सुदूरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १ सय बढी गीत श्रृजना गरेका छन्।
गायक औजीले सोर दिएका गीतहरु सबैले मन पराउँछन्। बैतडीको पञ्चेश्वर बिजुलमा जन्मेका गायक औजी अहिले राष्ट्रिय कलाकारका रुपमा स्थापित छन्।