बैतडीका ५ पालिकामा नयाँ ‘हाकिम’ आउँदै

बैतडी -बैतडीका पाँच स्थानीय तहमा नयाँ हाकिम आउने भएका छन् । संघीय सरकारले जिल्लाको सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा नयाँ हाकिम खटाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सिगासमा कृष्ण प्रशाद घिमिरे, शिवनाथमा सुशिल कुमार साह, पञ्चेश्वरमा उज्जल आनन्द, डिलासैनीमा रंजय पटेल रहेका छन् । दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारुलाई नयाँ हाकिमको रुपमा खटाएको हो ।

Leave A Reply

Your email address will not be published.