सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.