धादिङ बस दुर्घटना: ८ जनाको ज्यान गयो, १४ जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइयो

काठमाण्डौ – काठमाण्डौबाट पोखराका लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तु जयसवालले जानकारी दिनुभयो । घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको उहाँले बताउनुभयो ।

ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष हुन् । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन । गाडीका चालक तथा सहचालकको अवस्था पनि थाहा नभएको डीएसपी जयसवालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.