बैतडी । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।
स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता भएका हुन्। शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता रहेका भएपछि प्रहरीलाई भने बुधबार साँझ मात्रै खबर आएको प्रहरी प्रवक्ता केसीले बताउनुभयो। उहाँले भन्नुभयो,“ भदौं ५ गते मंगलबार विद्यालय जान्छु भनि हिँडेका र त्यसपछि घर नफर्केपछि बुधबार साँझ मात्रै हामीलाई खबर भएको थियो।”
बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडमा नजिकै चप्पल फेला परेको बताइएको छ। शिक्षक बेपत्ताको खबर पाउनेवितक्कै प्रहरी परिचालन गरि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोज ठकुराठी नेतृत्वमा प्रहरी टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको छ।