बैतडीमा नागरिकता बनाउने घटे, राहदानी बनाउने बढे

बैतडी- बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९÷०८० मा छ हजार तीनसय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । जसमा ३ हजार ३ सय ९६ पुरुष र २ हजार ९ सय ४२ महिलाले नागरिकता बनाएका हुन् । जसमध्ये १२ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन्। यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार ५ सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा ४ हजार २ सय ५७ पुरुष र ४ हजार २ सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन् । यस्तै ४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा ५ हजार ५ सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।

यसैबीच यहाँबाट राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९÷०८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चारसय ९६ पुरुष र एकसय ८४ महिला रहेका छन् । यो वर्ष द्रुत सेवाको लागि एक जनाको पनि सिफारिस गरिएको छैन् ।

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६२२ जनालाई राहदानी वितरण गरिएको छ । जसमा ५३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाको लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा यहाँका ३९२ जनालाई राहदानी वितरण गरिएकोमा ४३१ जनालाई द्रुत सेवाको लागि सिफारिस गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.