झुलाघाटमा महाकालीले बगाउँदा बाबु–छोरा बेपत्ता

बैतडी नेपाल–भारत सीमा भएर बग्ने नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपालसंगको सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय तनुज चन्द रहेका छन् ।
महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलीरहेका बुवा–छोरा अपरान्ह बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नं। ५१ गुल्म हेड क्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो । दिनदिनै ट्युब खेल्ने बुवा–छोरा शुक्रबार भने एक्कासी नदीमा बगेका भन्ने खबर आएको पुजाराले बताउनुभयो । उहाँले भन्नुभयो,“ नदी नजिकै घर रहेका उनीहरु दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्, आज एक्कासी नदीमा पानीको वहाव बढेपछि उनीहरु बगेका भन्ने खबर छ ।”
घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन् । बेपत्ता दुबैजनाको खोजीमा लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं। ५१ गुल्म हेड क्वाटर बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.