बैतडी घर भएका हरिशको करेन्ट लागेर बुटवलमा मृत्यु

बैतडी – बैतडी घर भएका एकजनाको करेन्ट लागेर बुटवलमा मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका २ कट्नोलीका ४३ बर्षीय हरिश चन्दको करेन्ट लागेर मृत्यु भएको हो । निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गरिरहेका बेलामा करेन्ट लागेर बिहीबार मृत्यु भएको बताइएको छ । गौरा पर्वको समयमा चन्दको निधन भएपछि अहिले पुरै गाउँ शोकमा डुबेको छ ।

मृतक चन्दको घरमा श्रीमति, तीन छोरी र एक छोरा रहेका छन् । मृतक चन्दको वासुलिंग आर्यघाटमा आजमात्रै दाहसंस्कार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.