बैतडीका धामीको सर्पको टोकाइबाट भारतमा मृत्यु

बैतडी -बैतडीका एकजनाको सर्पको टोकाइबाट भारतमा मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका ६ ठूलीसैनीका अन्दाजी ४५ बर्षीय पदम धामीको सर्पले टोकेर भारतको दिल्लीमा मृत्यु भएको हो । रोजगारीको सिलसिलामा भारतमा रहेका धामीलाई शुक्रबार राति सुतिरहेकै अवस्थामा सर्पले टोकेको थियो ।

सर्पले टोकेका धामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा शनिबार बिहान मुत्यु भएको उनका आफन्त दिपेन्द्र धामीले जानकारी दिए । धामीलाई सर्पले टोकेपछि दिल्लीको एक अस्पतालमा उपचारका लागि पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि अर्को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

धामी सिगास –६ स्थित निलपाल आधारभूत विद्यालयका पूर्व शिक्षक पनि हुन । उनी गएको ४÷५ बर्ष यतादेखि भारतको दिल्लीमा काम गर्दै आएका थिए ।

मृतक धामीको घरमा तीन छोरा, श्रीमति र आमाबुवा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.