बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु, एक मृत फेला

बैतडी- करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
घरभित्र कोठामा बिजुलीको तार जोडिरहेका लेखक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दशरथचन्द नगरपालिका ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक९लछु० मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
शनिबार घरबाट निस्केका केशब आइतबार बिहान मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र परीक्षण रिपोर्टपछि के कति कारण कारण मृत्यु भएको खुल्ने जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.