प्रधानमन्त्री प्रचण्ड १३ गते धनगढी आउने

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् ।

चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभामा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड १३ गते धनगढी आउने भएका हुन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा नेता अशोक श्रेष्ठसमेत आउने तयारी रहेको समाजवादी मोर्चा प्रदेश कार्यालयका सचिव उद्धब भट्टराईले बताए ।

Leave A Reply

Your email address will not be published.