गायक विष्टको नयाँ दोहारी गीत “घुम्न जाउँ मायालु” बजारमा

बैतडी- बैतडीका गायक दिपक विष्टको “घुम्न जाउँ मायालु” गीत बजारमा आएको छ । जिल्लाको मेलौली नगरपालिका —१ तल्लागाउँ घर भएका गायक विष्टको दोहारी गीत घुम्न जाउँ मायालु बजारमा आएको हो ।
गायक विष्टकै शब्द सिर्जना र स्वरमा रहेको यो गीतमा चर्चित लोक गायीका सुनिता बुढा क्षेत्रीले स्वर दिएकी छिन । यो गीत गत सोमबार मेलौली प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
गायक विष्ट पेसाले स्वास्थ्यकर्मी हुन । उनको यो पाँचौ साँगीतकि कोसेली हो । विष्टले पहिलो पटक भिडियो सहितको दोहारी गीत बजारमा ल्याएका हुन ।घुम्न जाउँ मायालु दोहोरी गीतको भिडियोमा दिपक विष्ट, पुजा धामीको मुख्य अभिनय रहेको छ । मधुबाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको एरेन्ज र मिक्सिङ दिपक सगंम बिसीले गरेका हुन ।
यो गीतको भिडियोमा मेलौली,शिवनाथ पाटन,डडेल्धरा र कैलालीका दृश्यहरु देखाइएका छन ।दर्शक स्रोताको माया मिलि रहेकाले अगामी दिनमा पनि गीतहरु बजारमा ल्याउने गायक विष्टले बताए ।

तल दिएको युट्युब लिंकमा क्लिक गरेमा गीत हेर्न र सुन्न सकिनेछ । 

Leave A Reply

Your email address will not be published.