दोगडाकेदारमा आज शोक बिदा

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले आज मंगलबार शोक बिदा दिएको छ । भगवती मावि सित्तडका प्रधानाध्यापक गणेशसिंह भण्डारीको निधन भएपछि गाउँपालिकाभरीका सबै शैक्षिक संस्थाहरु बन्द रहने भएका छन् ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा शिक्षक भण्डारीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ ।
भण्डारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सधैं सम्मान र स्मरण गर्ने उल्लेख गरिएको छ ।
लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको मुटुसम्बन्धी रोगबाट ग्रसित रहनुभएको थिए । भण्डारीको सोमबार उपचारका लागि अस्पताल लैजाने क्रममा कैलालीको गोदावरीमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
भण्डारीको निधनले बैतडीको शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको रौलेश्वर मावि मल्लाढिकका प्रधानाध्यापक दलबहादुर कार्कीले बताउनुभयो । अंग्रेजी भाषामा राम्रो दख्खल भएका भण्डारीको निधनले एकजना असल शिक्षक गुमेको बताइएको छ ।
पछिल्लो समयमा भगवती माविमा प्रधानाध्यापकको रुपमा कार्यरत भण्डारीले लामो समय प्रशिक्षकको रुपमा समेत काम गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.