बैतडीको पञ्चेश्वरमा सर्पले टोकाईबाट ५५ वर्षीया महिलाको मृत्यु

बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।

मंगलबार राती साडे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्सा कोठामै सर्पले टोकेको जनाईएको छ। गम्भिर घाइते भएकी घटालको राती १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए।

सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्यलाई बोलाइएको थियो। तर झारफुक गरेपछि केहि समय निको भएको महसुस भएको र राती १२ बजेको समयमा मृत्यु भएको स्थानीय एवं स्वास्थ्य स्वयमसेविका पानमती घटालले बताइन्।

Leave A Reply

Your email address will not be published.