एसिया कप क्रिकेटमा श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हरायो
एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हराउँदै विजयी शुरुवात गरेको छ। जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ३९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।
श्रीलङ्काका चरिथ असलङ्का ६२ रनमा अविजित रहे। बङ्लादेशका कप्तान सकिब अल हसनले २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एकरएक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेश ४२ ओभर ४ बलमा एक सय ६४ रनमा अलआउट भएको थियो।
बङ्लादेशका नाज्मुल हसन शान्टोले सर्वाधिक ८९ रन बनाए पनि जितका लागि पर्याप्त भएन। श्रीलङ्काका तीव्र गतिका बलर मथिसा पाथिरानाले ४ विकेट लिए । त्यस्तै, महेश थिक्सेनाले २ विकेट लिए। धनञ्जय डी सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एकरएक विकेट लिए। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।
पहिलो खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको थियो। समूह ‘बी’ मा बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ। त्यस्तै, सोमवार नेपाल र भारत खेल्नेछन्। पाकिस्तानबाट नेपाली टोली श्रीलङ्का पुगिसकेको छ।