बझाङमा जङ्गली च्याउ खाँदा बहिनीको मृत्यु, दाइको अवस्था गम्भीर

बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। एक जना बिरामी भएका छन्।

जङ्गली विषालु च्याउ खाँदा जय पृथ्वी नगरपालिका ६ नौराका लक्ष्मण कठायतका ७ वर्षिया छोरी सञ्जिलाको मृत्यु भएको हो। सञ्जिलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेलधुरा पठाइएकोमा बाटोमै ज्यान गएको जय पृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

लक्ष्मणका ११ वर्षीय छोरा सुदीपको उपचार भइरहेको छ। उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अवस्था गम्भीर भएकाले उपचारका लागि धनगढी पठाइएको हो। आमा पुनीकला भने जिल्ला अस्पताल बझाङमा उपचार गरी घर फर्किनुभएको छ।

Leave A Reply

Your email address will not be published.