अझै केही दिन देशभर लगातार वर्षाको सम्भावना कम, आज कतैकतै ठूलो पानी पर्ने

अझै केही दिन देशभरी ठूलो र लगातार पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो हप्ताको शुरुदेखि नै पानी पर्न कम भएकोमा आजदेखि केही ठाउँमा पानी पर्ने तर देशभर ठूलो र लगातार पानी पर्ने सम्भावना भने नभएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि ठूलो र लगातार वर्षा भने नहुने उहाँले बताउनुभयो ।

नेपालमा अहिले बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत हल्का प्रभाव रहेको छ । अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र बाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी क्षेत्रमा मौसम धेरै बदली भइरहेको र पानी पर्ने सम्भावना रहेको छ ।

Leave A Reply

Your email address will not be published.