बैतडी -जिल्ला प्रहरी कार्यालय बैतडीले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । उहाँले भन्नुभयो,“समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका जिल्लाभरीका विद्यालय र समुदायसंग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । ”
कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन भइरहेको छन् । समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताउनुभयो । विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागू पदार्थ नियन्त्रण, आत्महत्या रोकथाम,ट्राफिक नियम लगायतका बिषयमा छलफल हुने गरेको छ । उहाँले भन्नुभयो,“ कक्षाकोठामै विद्यार्थीसंग सचेतनामूलक अन्र्तक्रिया गर्ने गरेका छौं, यसले विकृति,विसंगती कम हुने विश्वास छ ।”
सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यबस्था,लागू औषध दुव्र्यसनी रोकथाम, लैगिंक,घरेलु हिंसा, आत्महत्या, बालबिवाह,सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ । विद्यालयमै पुगेर किशोरकिशोरीसंग गरिने अन्र्तक्रियाले समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको विश्वास छ । उहाँले भन्नुभयो,“ प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा समाजमा सकारात्कमक परिवर्तन आउनुका साथै विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।”
प्रहरीले थालेको यो कार्यक्रमले गाउँसमाजमा हुने सामाजिक अपराध घटना न्यूनीकरण गर्न सहयोग पुग्ने दोगडाकेदारस्थित सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । उहाँले भन्नुभयो,“ विकृति,विसंगतीलगायतका विषयमा प्रहरीले दिइरहेको सचेतनामूलक कार्यक्रमले विद्यार्थीमार्फत सकारात्मक सन्देश जाने र अपराध न्यूनीकरणमा सहयोग पुग्छ । ”
यसका साथै बैतडी प्रहरीले गाउँ समाजमा सचेतना फैलाउने अभियान जारी राखेको छ । अपराध कम गर्न बैतडी प्रहरीले जिल्लाका प्रत्येक टोल वस्तीमा खटिएर सचेतना कार्यक्रम जारी राखेको हो ।
विद्यालय तथा गाउँ टोलमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा,प्रचलन हट्ने अपेक्षा गरिएको छ ।
