माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ सुरु

यो अभियानबाट पार्टी देशकै बलियो शक्ति बन्न सक्ने प्रधानमन्त्रीको दाबी
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आजदेखि सुरु भएको छ ।

२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेको हो । अभियानको उद्घाटन प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्नुभएको छ ।

यस्तै, प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट आफ्नो पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताउनुभएको छ ।

आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गर्दै उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको निराशालाई आशामा परिणत गराएको दाबी समेत गर्नुभएको छ ।

जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको बताउँदै उहाँले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिन र कारबाहीले जनतामा उत्साह आएको स्पष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.